वीरगन्ज :

ठोरीका किसान जङ्गली जनावरको आतङ्कले हैरान

श्रेणी : मधेस

4 months
Pradeep Sah
2.9kViews
1893 Shares

ठोरी,१३ पुस । पर्साको ठोरीमा जङ्गली जनावरको आतङ्कले किसानले हैरानी खेप्नुपरेको छ । जङ्गल किनारका खेतबारीमा लगाइएका तोरी , गहुँ , आलु ,कोदो लगायतको हिँउदे बाली मात्र होइन पछिल्लो समय जनावरकै आतङ्कबाट बच्न लगाइएको सुर्ती बारीमा समेत जनावरले क्षति पुर्याउन थालेको हो ।

ठोरीका अधिकांश खेतबारीमा फाटेको लुगाकपडा टाँगेर मान्छेजस्तै पुत्ला बनाएर पनि कुनै उपाय नलागेको किसानले बताएका छन् ।जङ्गली जनावर धपाउन किसानले अनेक उपाय लगाउँदा पनि जनावरले दुख दिन नछोडेको ठोरी –४ का किसान हरि तिमिल्सिनाले बताए ।

पर्सा राष्ट्रीय निकुञ्जबाट करीब २ किमी दक्षिण तर्फ रहेको आफ्नो तोरीबालीमा जनावर ओहोरदोहोर गरेर नोक्सानी पुर्याएको उनको गुनासो छ । यस्तै जनावरकै कारण तोरी र गहुँ बालीमा क्षति पुगेको ठोरी –२ , बुद्धनगरका किसान जिवनाथ ढुङ्गेलले बताए । उमेरले झण्डै ८ दशक पार गरेका ढुङ्गेलले आफ्नो जीवनकालमा यसभन्दा अघि यति धेरै जनावरले दुख कहिल्यै नदिएको दुखेसो पोखे ।

विद्युत सुविधा पुगेका खेतबारीमा किसानले जनावर धपाउनकै लागि रङ्गीन बत्ती जडान गरेका छन्। पुरानो बोरा र कपडा खेतबारीमा झुण्ड्याउदा पनि जनावरको आतङ्क नघटेको ठोरी –४ का किसान जय बहादुर पाख्रिनले बताए । ठोरीका कतिपय किसान त बाली जोगाउनकै लागि राति घर बाहिर खेतमा नै सुत्ने गरेका छन्। पहरा दिएर बस्दा पनि बाली जोगाउन नसकिएको वडा ४ कै अर्का किसान मान बहादुर तामाङ्ले बताए ।

पर्सा राष्ट्रिय निकुञ्ज , चितवन राष्ट्रिय निकुञ्ज र भारतको सिमानामा पर्ने बालमिकी टाइगर परियोजना अन्तरगतको जङ्गलले तीन तिरबाट घेरिएको पालिका भएको हुनाले ठोरीको ५ ओटै वडा जङ्गली जनावरबाट प्रताडित बन्ने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *