वीरगन्ज :

ठोरीकाे बृद्धा आश्रममा उपकार सेवा नेपालद्धारा नियमित सहयोग

श्रेणी : मधेस

2 months
Pradeep Sah
2.1kViews
1462 Shares

वीरगन्ज,१५ पुस । पर्साको ठोरी गाउँपालिका–१, भगवाननगरस्थित बृद्धा आश्रममा परोपकारी संस्था उपकार सेवा नेपालले खाद्यान्न र अन्य दैनिक आवश्यक सामग्री प्रदान गरेको छ।

अपांगता भएका व्यक्ति र बृद्धबृद्धासहित हाल १८ जना बस्दै आएको उक्त आश्रममा, संस्थाले हरेक महिनाजस्तै पुस महिनाका लागि पनि सहयोग जारी राखेको छ।

संस्थाकी अध्यक्ष विद्या सरावगीले चामल ३० केजी, दाल ७ केजी, खानेतेल, साबुन, सर्फ, डाइपर, धनिया, खुर्सानी, कपडा धुने र नुहाउने सामग्री आश्रमका सदस्य रामबहादुर थिङलाई हस्तान्तरण गरेकी छन्।

सामाजिक अभियन्ता प्रकाश थारुका अनुसार, उपकार सेवा नेपालले आश्रममा बसोबास गर्ने बृद्धबृद्धा र अपांग व्यक्तिहरूको दैनिकी सहज बनाउन नियमित रूपमा सहयोग प्रदान गर्दै आएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *