वीरगन्ज :

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरणले पारेको प्रभावः उच्चस्तरीय छानबिनको माग

श्रेणी : मधेस

3 months
Pradeep Sah
1.8kViews
1504 Shares

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी संगठन र क्याम्पस प्रशासनबीच उच्चस्तरीय छानबिन गर्न जोड दिइएको छ। आज क्याम्पसमा सम्पन्न बैठकले जिल्ला प्रशासनले छानबिन नगरे त्रिभुवन विश्वविद्यालयमार्फत उच्चस्तरीय छानबिन समिति गठन गरिने सहमति गरेको छ।

उक्त विवादका कारण क्याम्पसका केही शाखाहरूमा आंशिक तालाबन्दी गरिएको छ। यद्यपि विद्यार्थीहरूको पढाइमा असर नपरोस् भनेर आवश्यक सेवा भने निरन्तरता दिइएको क्याम्पस प्रमुख रणजीत प्रसाद यादवले जानकारी दिए।

बैठकमा सहभागी विद्यार्थी नेताहरूले नक्कली प्रमाणपत्रजस्तो संवेदनशील विषयमा तुरुन्त निष्पक्ष छानबिन आवश्यक रहेको र दोषीहरूलाई कडा कारबाही गर्नुपर्ने माग गरे। उनीहरूले क्याम्पसको शैक्षिक प्रतिष्ठा र विश्वसनीयतामा क्षति पुगेको भन्दै यस विषयमा स्पष्टता आवश्यक भएको बताए।

बैठकमा पन्नालाल महतो, श्याम प्रसाद गुप्ता, अनिस कुमार पटेल, करण पाण्डे, राजु गुप्ता र मो.सगीर अली लगायतका विद्यार्थी नेता पनि उपस्थित थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *