
श्रेणी : BANNER
बीरगन्ज,२८ साउन । ठगी गरेको आरोपमा ‘अल्ट्रा अभियान’का सञ्चालक दीपेश वर्णवाललाई पर्सा प्रहरीले पक्राउ गरेको छ। बीरगन्ज–१६, बाइपास गणेशटोलस्थित डेराबाट बुधबार बिहान उनलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार वर्णवालले अनलाइन व्यापार, नेटवर्किङ व्यवसाय र क्रिप्टोकरेन्सीमा उच्च मुनाफाको प्रलोभन देखाई विभिन्न व्यक्तिसँग लाखौँ रुपैयाँ असुल्दै लुकीछिपी बस्दै आएका थिए। पीडितका भनाइअनुसार, उनले संकलित रकमबाट ‘अभियान डिजिटल वर्ल्ड’, ‘अल्ट्रा अभियान’, ‘कबाड पसल’ र ‘ऋषि आदिवासी तेल’जस्ता नाममा व्यापार सञ्चालन गर्दै थुप्रै व्यक्ति र परिवारलाई आर्थिक संकटमा पारेका छन्।
स्थानीयहरूले करिब एक दशकअघि आर्थिक रूपमा कमजोर रहेका वर्णवाल अहिले छोटो समयमा अचम्मै धनी बनेको दाबी गरेका छन्। उनी पछिल्ला वर्षहरूमा बारम्बार डेरा बदल्दै बस्ने गरेका थिए।
वर्णवाल केही दिनअघि नारायणघाटमा पनि ठगी मुद्दामा पक्राउ परेका थिए। उनलाई नेपालमा नेटवर्किङ र क्रिप्टोकरेन्सी कारोबारको ‘माफिया’को रूपमा पनि चिनिन्छ।


प्रतिक्रिया