वीरगन्ज :

ट्राफिक प्रहरीको रवैया, चेकजाँचको नाममा भारतीय गाडीलाई अनावश्यक दुःख दिदै

श्रेणी : BANNER

8 months
Pradeep Sah
1.9kViews
1519 Shares

वीरगंज (पर्सा), २३ वैशाख । वीरगंज रजतजयन्ती चोक स्थित चेकजाँचका लागि खटिएका ट्राफिक प्रहरीले भारतीय नम्बरको सवारी साधनलाई चेकजाँचको नाममा अनावश्यक दुःख दिने गरेको पाइएको छ । वीरगंज बजारभरि नेपाल सरकारले नै भारतीय नम्बरको दुई पाँग्रे तथा चार पाँग्रे सवारी आवागमनका लागि व्यवस्था मिलाएकोमा ट्राफिक प्रहरीले चेकजाँचको नाममा अनावश्यक दुःख दिनुको साथै जबरजस्ती जरिवानाको नाममा पैसा असुल्ने गरेको बताइएको छ ।

वीरगंज भन्सार क्षेत्र रजतजयन्ती चोक स्थित खेटका ट्राफिक हवल्दार चन्द्र प्रकाश कुशवाहा, सहायक हवल्दार राजेश राय यादवले चेकजाँचको नाममा भारतीय नम्बर प्लेटका सवारीसँग अनाधिृकत रकम असुल्ने गरेको सर्वसाधारणले गुनासो गरेका छन् । भारतीय नम्बर प्लेटका दुई पाँग्रे एवं चार पाँग्रे सवारीसँग इन्ट्री (सवारी पास) रहेतापनि विभिन्न बहाना बनाई चिट काट्ने भन्दै चिट नकाटी पैसा लिने गरेको भारतीय आगन्तुकहरुले बताएका छन् ।

नेपाल सरकारका विभिन्न निकायहरुले भारतसँग सहकार्य गरि विभिन्न कार्य गर्ने तथा वीरगंजका पर्यटक व्यवसायीहरुले भारतीय पर्यटकहरुलाई चेकजाँचको नाममा अनावश्यक दुःख नदिने निर्देशन दिएतापनि ट्राफिक प्रहरीले उक्त निर्देशनलाई अटेरी गर्दै भारतीय नागरिकहरुसँग चेकजाँचको नाममा अपराधी सरह व्यवहार गर्ने गरेको बताइएको छ । भर्खरै तीन हप्ताअगाडि मात्रै वीरगंजमा आएका गृहमन्त्री रबि लामिछानेले भारतीय पर्यटकहरुलाई कुना कुनामा चेकजाँच गरेर दुःख नदिन प्रहरी प्रशासनलाई निर्देशन दिएका थिए तर यि निर्देशन ट्राफिक प्रहरीले धज्जी उडाएका छन् ।

यसको साथसाथै वीरगंजमा अधिकाँश भारतीय पर्यटकहरुको आवागमन हुने गरेको कारण यहाँका पर्यटन तथा होटल व्यवसायीहरुले भारतीय पर्यटकलाई चेकजाँचको बहानामा दुःख नदिन प्रहरी प्रशासनलाई आग्रह गर्दै आएका छन् तर हदसम्म यो माग पुरा भएको छ । तर केही तल्लो दर्जाका ट्राफिक प्रहरीले नजराना असुलीका लागि भारतीय पर्यटकहरुसँग चेकजाँचको नाममा दुव्र्यवहार गर्नुको साथै रकम असुल्ने गरेका छन् । वीरगंज टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *