
श्रेणी : दुर्घटना
1.9kViews
1095
Shares
नेपालगन्ज,२९ साउन । पूर्व–पश्चिम महेन्द्र राजमार्गको बाँके खण्डमा ट्रक र टिपर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्को व्यक्ति घाइते भएका छन्।
प्रहरीका अनुसार दुवै सवारी कोहलपुरतर्फ जाँदै गर्दा बाँकेको राप्तीसोनारी गाउँपालिका–२, मुगुखा खोला नजिक बुधबार बिहान पछाडिबाट टिपरले ट्रकलाई ठक्कर दिएको थियो।
दुर्घटनामा टिपरमा सवार राप्तीसोनारी–१, सिक्टाका ३५ वर्षीय भुवबहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको हो। सोही टिपरमा सवार कोहलपुर–१५ का २५ वर्षीय सुदीप चौधरी घाइते भई कोहलपुर मेडिकल कलेजमा उपचाररत छन्।
मृतक खत्रीको शव पोस्टमार्टमका लागि भेरी अस्पताल, नेपालगन्जमा राखिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया