वीरगन्ज :

ट्रकको ठक्करबाट सर्लाहीमा एक किशोरीको मृत्यु

श्रेणी : अपराध

4 days
Pradeep Sah
2.6kViews
1993 Shares

जनकपुर,२९ चैत । सर्लाहीको हरिपुर्वामा ट्रकले साइकललाई ठक्कर दिँदा एक किशोरीको मृत्यु भएको छ भने अर्की गम्भीर घाइते भएकी छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (प्रनाउ) सरोज राईका अनुसार हरिपुर्वा नगरपालिका–९ स्थित मिर्चैया बजारमा ना ५ ख ३८५८ नम्बरको ट्रकले साइकललाई ठक्कर दिएको हो। दुर्घटनामा परेर ईश्वरपुर नगरपालिका–१३ श्रीनगरकी १७ वर्षीया अञ्जली महतोको घटनास्थलमै मृत्यु भएको हो।

साइकलको पछाडि सवार १५ वर्षीया पूजाकुमारी महतो घाइते भएकी छन्। हाल उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ। घटनामा संलग्न ट्रकसहित चालक हरिवन नगरपालिका–१० ताइवानका ३१ वर्षीय लक्ष्मण विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *