
श्रेणी : मधेस
सर्लाही,०७ साउन । सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरस्थित लच्का नजिक ट्याङ्करको ठक्करबाट एक मोटरसाइकल चालकको ज्यान गएको छ। पूर्व–पश्चिम राजमार्गमा मंगलबार साँझ भएको दुर्घटनामा हरिवन नगरपालिका–४ सासापुर निवासी ३१ वर्षीय रामबहादुर स्याङतानको मृत्यु भएको हो।
लालबन्दीबाट नवलपुरतर्फ जाँदै गरेको को १ ख ५९३८ नम्बरको खाली तेल ट्याङ्करले विपरीत दिशाबाट आइरहेको बा ८७ प १३७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते स्याङतानलाई तत्कालै मोडेल अस्पताल लालबन्दीमा प्रारम्भिक उपचार गरी प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। तर, उपचारको क्रममा उनको ज्यान गएको चिकित्सकले पुष्टि गरेका छन्।
घटनामा संलग्न ट्याङ्कर चालक, सुनसरी रामधुनी नगरपालिका–९ निवासी ३२ वर्षीय अरविन्द महतो हाल प्रहरी नियन्त्रणमा छन्। इलाका प्रहरी कार्यालय लालबन्दीका अनुसार दुर्घटनाको थप अनुसन्धान जारी छ।


प्रतिक्रिया