वीरगन्ज :

ट्याक्टर पल्टिँदा युवकको मृत्यु, चालक फरार

श्रेणी : प्रदेश

6 months
Pradeep Sah
3.0kViews
1816 Shares

बाँके,२९ पुस । बाँके जिल्लाको जानकी गाउँपालिका–३, इन्दरपुरमा आइतबार ट्याक्टर दुर्घटनामा एक युवकको ज्यान गएको छ। दुर्घटनामा नेपालगञ्ज–१६ जैसपुरका ३४ वर्षीय रफिक अन्सारीको मृत्यु भएको हो।

अन्सारी ट्याक्टरमा मजदुरी गर्दै आएका थिए। नेपालगञ्जबाट करमोहनातर्फ गइरहेको भे १ त ९८२६ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका ट्याक्टर चालक फरार रहेका छन्। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *