
श्रेणी : मधेस
जनकपुर,०१ जेठ । सप्तरीको बिष्णुपुर गाउँपालिका–१ खुरुहुरीयामा भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ। राजविराज तर्फ आउँदै गरेको एक ट्याक्टर अचानक अनियन्त्रित भई सडकबाट तल पल्टिँदा चालकको घटनास्थलमै मृत्यु भएको हो।
मृत्यु हुने चालकको पहिचान १८ वर्षीय दिपक कुमार सन्तको रूपमा भएको छ, जो सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. १, कबिलासा घर भएका थिए।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार, ट्याक्टर दुर्घटनामा गम्भीर घाइते भएका दिपक सन्तलाई छिन्नमस्ता अस्पताल, राजविराजमा उपचारका लागि लैजाँदा उनको मृत्यु भएको हो।
मृतकको शव पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको शव गृहमा राखिएको छ। दुर्घटनामा संलग्न ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको छ।


प्रतिक्रिया