
श्रेणी : अपराध
जनकपुर,१२ जेठ । सर्लाहीमा ट्याक्टरबाट माटो खन्याउने क्रममा च्यापिएर एक वृद्धको ज्यान गएको छ। बसबरिया गाउँपालिका–६, मनटोल निवासी ६५ वर्षीय अमिरी पासवान आइतबार दिउँसो आफ्नै घरको आँगनमा माटो हाल्ने क्रममा दुर्घटनामा परेका हुन्।
ज।१ त ९५६४ नम्बरको ट्याक्टरबाट माटो अनलोड गर्ने क्रममा टेलारी (पछाडिको भाग) र घरको भित्ताबीच च्यापिएर पासवानको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ।
प्रहरी नायब उपरीक्षक (डिएसपी) निरन्जन भट्टराईका अनुसार ट्याक्टरको च्यापेटमा परेका पासवानको घटनास्थलमै ज्यान गएको हो। दुर्घटनापछि ट्याक्टर चालक फरार भएका छन् भने उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।


प्रतिक्रिया