वीरगन्ज :

टोल टोलमा रामनारायण कुर्मी घर घरमा रामनारायण कुर्मी

टोल टोलमा रामनारायण कुर्मी घर घरमा रामनारायण कुर्मी

श्रेणी : BANNER

2 years
Pradeep Sah
15Views
0 Shares

वीरगंज, पर्सा
आसन्न संघिय र प्रदेश तहको निर्वाचनलाई लक्षित गर्दै लोकतान्त्रिक बाम गठबन्धन को तर्फ बाट नेपाली कांग्रेस बाट निर्वाचन क्षेत्र नं १ (ख) का प्रदेश सभा सदस्य पदका उम्मेदवार रामनारायण कुर्मी को अहिले टोल टोलमा रामनारायण कुर्मी घर घरमा रामनारायण कुर्मी चर्चा परिचर्चा चलिरहेको छ।

आज वीरगंज महानगरपालिका वडा नं १५ को वडा इकाइ कमिटी को बैठक निर्वाचन क्षेत्र नं १(ख) का प्रदेश सभा सदस्य पदका उमेदवार रामनारायण कुर्मी को प्रमुख अतिथि तथा‌ बिसाल झा को अध्यक्षतामा भएको चुनवी बैठक लाइ सम्बोधन गर्दै प्रमुख अतिथि कुर्मी ले भने म निर्वाचित भए म आफनो निर्वाचन क्षेत्र नं १(ख)मा प्राबिधिक विधालय स्थापना गर्ने र उक्त प्राविधिक विद्यालय बाट उतिर्ण भएका लाइ रोजगारी दिने बताए साथै नव वटै वडामा बर्थिग्ङ सेन्टर स्थापना गर्ने र २४ चौबिसै घण्टा सेवा प्रदान गरी रहने व्यवस्था मिलाउने र पढे लेखेका र नपढे लेखेका लाइ पनि रोजगारी को व्यवस्था मिलाउने बताएका हुन।

साथै वीरगंज महानगरपालिका वडा नं १५ मा मतदाताहरु सँग घरदैलो भेटघाट कार्यक्रम भएको थियो घरदैलो कार्यक्रममा प्रदेश सभापति निर्वाचन क्षेत्र १ (ख)का अनिल सिंह,अवध सिंह,उपेन्द्र सिंह,जयप्रकाश सिंह, रामबाबु साह, कृष्णा ,किशोर सिंह,विशाल झा,किरण सरकार,बिशेश्वर प्रसाद कुर्मी,मनोजा चौधरी लगायतका ब्यत्किहरुको उपस्थिति रहेको थियो।

लोकतान्त्रिक बाम गठबन्धन को तर्फबाट नेपाली कांग्रेस बाट निर्वाचन क्षेत्र नं १(ख)का लागि प्रदेश सभा सदस्य पदका उम्मेदवार रामनारायण कुर्मी ले निर्वाचन क्षेत्र नं १(ख)का टोल टोलमा पुगेर (गाछी ) छापमा चुनाव चिन्हमा मतदान गर्न आग्रह गरेका छन् ।

लोकतान्त्रिक बाम गठबन्धन को तर्फबाट प्रदेश सभा सदस्य पदका उमेदवार रामनारायण कुर्मी ले नागरिकले नयाँ अनुहार खोजेकाले आफूले निर्वाचन जित्ने बताए ।

कुर्मी ले भने, ‘मतदाताले नयाँ व्यक्तिलाई नेतृत्व दिने मनासय पाए । सधै उही र पुरानालाई मत दिँदा गाउँ र ठाँउका लागि केही नभएको र नपाएको नागरिकको गुनासो छ ।’ यस पटक गाछी छाप मा मतदान गरी नेपाली कांग्रेस लाई विजयी गराउने वहाँको प्रतिबद्धता छ । 

यसपालिको चुनावी महोल र पार्टीप्रति नागरिकको लहरले म ढुक्क छु,’ उनले भने, ‘मतदाताले मेरो त्याग, समर्पण र निरन्तरतालाई सही मूल्यांकन गर्नुहुनेछ ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *