श्रेणी : BANNER
आसन्न संघिय र प्रदेश तहको निर्वाचनलाई लक्षित गर्दै बाम लोकतान्त्रिक गठबन्धन को तर्फ बाट नेकपा माओवादी केन्द्र बाट निर्वाचन क्षेत्र नं १ (क) का प्रदेश सभा सदस्य पदका उम्मेदवार रहबर अंसारी को अहिले टोल टोलमा रहबर घर घरमा रहबर चर्चा परिचर्चा चलिरहेको छ।
बाम लोकतान्त्रिक गठबन्धन को तर्फबाट नेकपा माओवादी केन्द्र बाट निर्वाचन क्षेत्र नं १(क)का लागि प्रदेश सभा सदस्य पदका उम्मेदवार रहबर अंसारी ले निर्वाचन क्षेत्र नं १(क)का टोल टोलमा पुगेर (हसुवा हतौडी) चुनाव चिन्हमा मतदान गर्न आग्रह गरेका छन् ।
बाम लोकतान्त्रिक गठबन्धन को तर्फबाट प्रदेश सभा सदस्य पदका उमेदवार रहबर अंसारी ले नागरिकले नयाँ अनुहार खोजेकाले आफूले निर्वाचन जित्ने बताए ।
अंसारी के भने, ‘मतदाताले नयाँ व्यक्तिलाई नेतृत्व दिने मनासय पाए । सधै उही र पुरानालाई मत दिँदा गाउँ र ठाँउका लागि केही नभएको र नपाएको नागरिकको गुनासो छ ।’ यस पटक हसुवा हतौडीमा मतदान गरी नेकपा माओवादी केन्द्र लाई विजयी गराउने वहाँको प्रतिबद्धता छ ।
यसपालिको चुनावी महोल र पार्टीप्रति नागरिकको लहरले म ढुक्क छु,’ उनले भने, ‘मतदाताले मेरो त्याग, समर्पण र निरन्तरतालाई सही मूल्यांकन गर्नुहुनेछ ।’
प्रतिक्रिया