वीरगन्ज :

टोपबहादुरको घरमा प्रहरीको छापा

श्रेणी : BANNER

2 years
birgunj report
8Views
0 Shares

काठमाडौं । फरार सूचीमा रहेका एमाले सचिव टोपबहादुर रायमाझीको घरमा प्रहरीले मंगलबार दिउँसो छापा मारेको छ ।नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका रायमाझीको सातदोबाटोस्थित घरमा प्रहरीले छापा मारेको हो । 

अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सम्पर्कविहीन भएका रायमाझी पक्राउ गर्न  काठमाडौं र ललितपुरको प्रहरी टोलीले उनको घर छापा मारेको हो । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले वैशाख २० गते रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । उनका छोरो सन्दीप रायमाझी सोही दिन बुटवलबाट पक्राउ परेका थिए। तर उनी भने काठमाडौं आउँछु भनेर गुल्मीबाट हिँडेकोमा एकाएक सम्पर्कविहीन भएका थिए । उनी फरार भएपछि प्रहरी प्रधान कार्यालयले पक्राउ गर्न सबै जिल्लामा सर्कुलर गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *