वीरगन्ज :

टी-२० विश्वकप छनोटका लागि त्रिदेशीय सिरिज आयोजना गर्ने क्रिकेट संघको निर्णय

श्रेणी : खेलकुद

2 years
birgunj report
105Views
0 Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल, हङकङ र यूएईबीच त्रिदेशीय टी–२० सिरिज आयोजना गर्ने भएको छ । मंगलबार बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो ।

आईसीसी मेन्स टी–२० विश्वकप एसिया फाइनल्स प्रतियोगिताको तयारीस्वरुप आगामी अक्टोबर १७ देखि २६ सम्म काठमाडौंमा उक्त सिरिज आयोजना गर्न लागिएको क्यानका सचिव पारस खड्काले जानकारी दिएका छन् ।त्यस्तै क्यानले अध्यक्ष चतुरबहादुर चन्दको संयोजकत्वमा उपाध्यक्ष रोशन कुमार सिंह, सचिव पारस खड्का, कोषाध्यक्ष पदमबहादुर खड्का र सदस्य दिवाकर घले रहेको पाँच सदस्यीय कार्यसम्पादन समिति गठन गरेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *