
श्रेणी : BANNER
काठमाडौं । संसदको कानुन न्याय तथा मानव अधिकार समितिले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप विधेयकमाथि छलफल गर्न उपसमिति बनाएको छ ।
शुक्रबार बसेको समितिको बैठकले द्वन्दका पीडित पक्ष, आयोगका पूर्वपदाधिकारी, मानव अधिकार आयोग लगायतसँग छलफल गरी प्रतिवेदन तयार पार्न ११ सदस्यीय उपसमिति गठन गरेको हो ।
समितिमा सुवासचन्द्र नेम्वाङ, महेश बर्तौला, रमेश लेखक, जीवन परियार, सुशीला थिङ, सन्तोष परियार, गोमा लाभ सापकोटा, पूर्णबहादुर घर्ती, रन्जु झा, ध्रुवबहादुर प्रधान र शेरबहादुर कुँवर सदस्य रहेका समितिका सभापति मंगलप्रसाद गुप्ताले जानकारी दिए ।
समितिलाई तीन साताभित्र प्रतिवेदन बुझाउन भनिएको छ । उपसमितिको संयोजक उपसमितिका सदस्यले बैठक बसेपछि तोक्न सक्ने जनाइएको छ ।

प्रतिक्रिया