वीरगन्ज :

टिपर र मोटरसाइकल ठोक्किँदा सर्लाहीमा एक युवकको मृत्यु

श्रेणी : मधेस

2 months
Pradeep Sah
1.9kViews
1119 Shares

सर्लाही, १० जेठ। सर्लाहीको बागमती नगरपालिका–१ स्थित पानीट्याङ्की चोक नजिकै आज बिहान भएको सवारी दुर्घटनामा एक युवकको ज्यान गएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गमा पूर्वतर्फ गइरहेको बालुवा बोकेको टिपरले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटना बिहान करिब ८ बजेतिर भएको हो। मोटरसाइकलमा सवार सर्लाही बागमती–६ का २१ वर्षीय मोहमद कैफ मिकरानी र अर्का युवक सुमित यादव गम्भीर घाइते भएका थिए। घाइते दुवैजनालाई तत्कालै हरिवनस्थित नमुना अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि बारास्थित एलएस न्युरो अस्पताल रिफर गरिएको थियो।

चिकित्सकहरूले मिकरानीलाई दिउँसो १२ बजे मृत घोषणा गरेका छन्। सुमित यादवको अवस्था गम्भीर छ र उनको उपचार जारी रहेको इलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ।

दुर्घटनामा संलग्न टिपर घटनास्थलमै फेला परेको छ भने चालक बागमती नगरपालिका–१२ का ३४ वर्षीय उदव मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार घटनाको विस्तृत अनुसन्धान जारी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *