वीरगन्ज :

टिकटक बनाउने निहुँमा १४ वर्षीय बालकको निर्मम हत्या

श्रेणी : अपराध

2 months
Pradeep Sah
1.7kViews
1668 Shares

रौतहट,,१५ वैशाख । “टिकटक बनाउँछु” भन्ने बहानामा बोलाएर एक १४ वर्षीय बालकको गोली हानी हत्या गरिएको हृदयविदारक घटना रौतहटमा सार्वजनिक भएको छ।

बृन्दावन नगरपालिका–७ का कृष्णप्रसाद यादवलाई गाउँकै युवाहरूले योजनाबद्ध रूपमा हत्या गरेका हुन्। पाँच दिनसम्म हराएका कृष्णको शव बैशाख ११ गते चाँदी खोलाबाट क्षतविक्षत अवस्थामा फेला परेको थियो। छाती र पेटमा गोली लागेका, घाँटी छिनिएको र टाउको सडिसकेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताए।

प्रहरीका अनुसार मुख्य अभियुक्त २५ वर्षीय नागेन्द्र सहनीले आफ्नो भतिजीको पुरानो घटनाको बदला लिन कृष्णलाई मार्ने योजना बनाएका थिए। कृष्णका बुबा सुरजराय यादवको इँटा भट्टाको खाल्डोमा केही समयअघि नागेन्द्रकी भतिजी डुबेर मृत्यु भएपछि सहनी परिवारले त्यसको दोष कृष्णका बुबालाई दिँदै आएको थियो।

बैशाख ६ गते साँझ कृष्णलाई फोनमार्फत बोलाएर चार जनाको समूहले उनलाई चाँदी खोलातर्फ लगेको प्रहरीको अनुसन्धानले देखाएको छ। नदी किनारमा पुगी दुई राउन्ड गोली हानी हत्या गरेपछि शव त्यहीँ फ्यालिएको थियो।

हत्या पछि, अभियुक्तहरूले सबुत लुकाउन मृतकको मोटरसाइकल गाडे, टुक्रा पारे र बिक्रीसमेत गरेका थिए। पेस्तोल एकजनाको बहिनीको घरमा बाकसभित्र लुकाइएको थियो। प्रहरीले ती सबै प्रमाणसहित अभियुक्त नागेन्द्र सहनी, सह-आरोपी साधु भन्ने नागेन्द्र, विकास पटेल र ग्यारेज सञ्चालक अनिल साहलाई पक्राउ गरेको छ।

यो घटनाले गाउँभरि त्रास फैलिएको छ। स्थानीयहरूले बालकलाई यति निर्ममताका साथ मारिएको देख्दा न्यायको माग गरेका छन्। प्रहरीले अन्य संलग्न व्यक्तिहरूको खोजी पनि तीव्र बनाएको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *