वीरगन्ज :

टिकटक प्रतिबन्ध ७५ दिनका लागि रोक्ने ट्रम्पको निर्णय

श्रेणी : अन्तर्राष्ट्रिय

5 months
Pradeep Sah
1.7kViews
1517 Shares

काठमाडौं,०८ माघ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी ७५ दिनसम्म टिकटक प्रतिबन्ध गर्ने कानुन कार्यान्वयन नगर्न आदेश दिएका छन् । सोमबार शपथ लिएपछि एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले टिकटक बिक्री गर्न बाध्य पार्ने कानुन तत्काल लागू नगर्ने निर्णय लिएका हुन् ।

निवर्तमान राष्ट्रपति जो बाइडेनले गत वर्षको अप्रिलमा यस सम्बन्धी कानुनमा हस्ताक्षर गरेका थिए । जसमा टिकटकको मालिक कम्पनी बाइटडान्सलाई आफ्नो हिस्साको धेरैजसो शेयर बिक्री गर्नुपर्ने, अन्यथा अमेरिकामा प्रतिबन्धको सामना गर्नुपर्ने उल्लेख छ । यो नियम आइतबारदेखि लागू भए पनि बाइडेन प्रशासनले कार्यान्वयन नगर्ने बताएको थियो । ट्रम्पले पनि सोही नीति लिँदै नयाँ आदेश जारी गरेका छन् ।

म यो आदेश जारी गर्दै अमेरिकी महान्यायाधिवक्तालाई ७५ दिनसम्म यो कानुन लागू नगर्न निर्देशन दिन्छु, ताकि मेरो प्रशासनले टिकटकसँग सम्बन्धित उचित निर्णय लिन सकोस्,ू आदेशमा भनिएको छ । यस अवधिमा न्याय विभागले कुनै पनि कम्पनीलाई कानुन उल्लङ्घन गरेको आरोप लगाउँदै कारबाही गर्न नपाउने उल्लेख गरिएको छ ।

ट्रम्पको यो आदेशले टिकटकको पहुँचलाई लिएर भइरहेको अन्योल अस्थायी रूपमा रोकिएको छ । सर्वोच्च अदालतले शुक्रबार उक्त कानुनलाई सदर गरेपछि टिकटकले शनिबार अमेरिकामा आफ्नो सेवा बन्द गरेको थियो । तर ट्रम्पले टिकटकमार्फत आफ्नो उद्घाटन समारोहको प्रचार गर्न चाहेको बताएपछि टिकटक पुनः सक्रिय भयो ।

अमेरिकामा टिकटकलाई पुनः अनलाइन ल्याउन मद्दत गर्ने कुनै पनि अमेरिकी कम्पनीमाथि कारबाही नगरिने आदेशमा उल्लेख छ । ती कम्पनीहरूलाई महान्यायाधिवक्ताबाट पत्र प्राप्त हुनेछ, जसमा उनीहरूले कुनै कानुन उल्लङ्घन नगरेको र उनीहरूमाथि कुनै कानुनी जिम्मेवारी नहुने भनिनेछ ।

हाल टिकटक एप्पल र गुगलको एप स्टोरमा उपलब्ध छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *