वीरगन्ज :

टर्कीमा भूकम्पबाट मृत्यु हुनेको संख्या २० हजार नाघ्यो

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
9Views
0 Shares

टर्की र सिरियामा सोमबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २० हजार नाघेको छ । यो संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

टर्कीमा हालसम्म १७ हजार १३४ जनाको मृत्यु भएको र सिरियामा कम्तीमा ३ हजार १६२ जनाको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् । यद्यपि संयुक्त राष्ट्र सङ्घले प्रकोपको पूर्ण असरबारे अझै यकिन नभएको बताएको छ ।

उद्धारकर्मीहरूले जीवित मानिसहरूको खोजी गरिरहेका छन्। तर भूकम्प गएको एकसय घण्टा पुग्न लाग्दा बाँचेका कोही भेटिनेबारे आशा हराउँदै गएको छ । अत्यधिक चिसो मौसमका कारण हजारौँ भूकम्प पीडितको जीवन समेत जोखिममा छ।

उनीहरू प्रकोपपछि आवास, पिउने पानी र खानाबाट वञ्चित छन् । प्रभावितहरूका लागि एक प्रमुख अन्तर्राष्ट्रिय राहत प्रयासले गति लिएको छ । बिहीबार विश्व बैंकले टर्कीलाई आधारभूत पूर्वाधारको पुनर्निर्माण र भूकम्पबाट प्रभावितहरूलाई सहयोग गर्न तत्काल वित्तीय सहायतासहित १ दशमलव ७८ अर्ब डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

तर भूकम्पले क्षति गरेका ठाउँहरूमा खटेका एकलाख भन्दा बढी उद्धारकर्मीहरूको प्रयासमा भने सवारीसाधनको अभाव र सडकहरू भत्किनुलगायत समस्याका कारण अवरोध निम्तिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *