
श्रेणी : अन्तर्राष्ट्रिय
59Views
0
Shares
टर्कीमा फेरि अर्को शक्तिशाली भूकम्प गएको छ । सोमबार फेरि ६.४ म्याग्नीच्युडको भूकम्प गएको हो। भूकम्पमा परी तीन जनाको मृत्यु भएको छ भने ६ सय भन्दाबढी घाइते भएका छन्।
सिरिया र टर्कीमा भूकम्पको धक्का महसुस गरिएको छ ।टर्कीको प्रकोप तथा आपतकालिन एजेन्सी अफादले स्थानीय समय अनुसार सोमबार साँझ ८ः४४ मा भूकम्प गएको जनाएको छ ।यसअघि गत फागुन ६ गते गएको भूकम्पमा ४४ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।


प्रतिक्रिया