वीरगन्ज :

टर्कीका एक चौथाई भूकम्प पीडितका लागि सहायता जुट्यो

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
11Views
0 Shares

टर्कीमा ५५ हजारभन्दा बढी मानिसको ज्यान जाने गरी गएको भूकम्पपछि संयुक्त राष्ट्रसङ्घले राहत कार्यका लागि आवश्यक पर्ने रकमको एक चौथाइ रकम जुटाइसकेको जनाएको छ । टर्कीमा राहतका लागि एक अर्ब अमेरिकी डलर सहयोग गर्ने लक्ष्यसंयुक्त राष्ट्रसङ्घले राखेको छ ।

गत फेब्रुअरी ६ मा गएको ७ दशमलव ८ म्याग्निच्यूडको भूकम्प र त्यसपछिका पराकम्पनहरूले दक्षिणपूर्वी टर्की र युद्धग्रस्त सिरियाका केही भागलाई तहसनहस पारेपछि संयुक्त राष्ट्रसङ्घले जारी गरेको एक अर्ब अमेरिकी डलर जम्मा गर्न गरेको अपीलअनुसार दाताहरूले हालसम्म २६ करोड ८० लाख अमेरिकी डलर सहयोग गरिसकेका छन् ।

जेनेभामा संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता निकायका प्रवक्ता जेन्स लार्कले आपतकालीन अवस्थाको प्रारम्भिक चरण समाप्त भएको बताए । गत फेब्रुअरी १६ मा संयुक्त राष्ट्रसङ्घले टर्कीमा भूकम्पपछिको पहिलो तीन महिनामा ५० लाखभन्दा बढी मानिसलाई सहयोग गर्न एक अर्ब अमेरिकी डलरको अपील गरेको थियो । संयुक्त राज्य अमेरिका, कुवेत, युरोपेली आयोग, संयुक्त राष्ट्रसङ्घको आपतकालीन कोष सीईआरएफ र साउदी अरब हाल शीर्ष पाँच दाताहरू हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *