वीरगन्ज :

झापाबाट ब्राउन सुगरसहित दुईजना पक्राउ

श्रेणी : अपराध

3 weeks
Pradeep Sah
2.3kViews
1485 Shares

काठमाडौं, १२ चैत्र । जिल्ला प्रहरी कार्यालय झापाले लागुऔषधसहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।

सोमबार झापाको भद्रपुर नगरपालिका मेचीपुलमा लागुऔषध नियन्त्रण ब्युरो काकरभिट्टा र अस्थायी प्रहरी मेचीबिटबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ मोटरसाइकलमा आएका दुईजनालाई नियन्त्रणमा लिएको हो ।

नेपाल आउँदै गर्दा मे ६ प ९९७७ नम्बरको मोटरसाइकललाई शंका लागी चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक भूपेन्द्र लावती र पछाडि सवार राजीव चौधरीलाई प्रतिबन्धित लागुऔषधसहित नियन्त्रणमा लिएको हो ।

उनीहरूको साथबाट ९ ग्राम ०१ मिलिग्राम ब्राउन सुगर फेलापारेको झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मेहेगी लामा तामाङले जानकारी दिइन् ।

लागुऔषधसहित मोटरसाइकल र दुवैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *