वीरगन्ज :

झापाको चिया बगानमा झुण्डिएको अवस्थामा युवायुवती मृत फेला

श्रेणी : समाज

2 years
birgunj report
14Views
0 Shares

झापा । झापाको एक चिया बगानमा एक युवक र एक युवती मृत फेला परेका छन् । झापाको कचनकवल गाउँपालिका–४ केचनास्थित एभरेष्ट चिया बगानमा मंगलबार बिहान उनीहरू मृत भेटिएका जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारी दिएका छन् ।

प्रहरीकाअनुसार दुवै जना झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । मृत भेटिनेमा कचनकवल गाउँपालिका वडा नम्बर ४ केचनाका राजेशकुमार गणेश र सोही ठाउँकी पवित्रा राजवंशी छन् । युवक अन्दाजी २५ र युवती १८ वर्षकी छन् । अहिले घटनास्थलमा प्रहरी टोली पुगेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *