
श्रेणी : मधेस
3.0kViews
1901
Shares
रौतहट, ८ साउन । रौतहटको गरुडामा एक पुरुषको शव फेला परेको छ । गरुडा नगरपालिका-५ झाँझखोलामा करिब ५५ वर्षीय पुरुषको शव फेला परेको हो । खोलामा शव तैरिरहेको अवश्थामा स्थानीयले देखेपछि सुरक्षाकर्मीलाई खबर गरेका थिए ।
सशस्त्र प्रहरीको सुरक्षा बेस दुधियाभार र इलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोलीले उक्त शवलाई खोलाबाट बाहिर निकालेको छ । मृतकको पहिचान हुन सकेको छैन । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया