वीरगन्ज :

झलनाथ खनाललाई पराजित गर्दै इलाम–१ मा एमालेका महेश बस्नेत निर्वाचित

श्रेणी : BANNER

3 years
birgunj report
35Views
0 Shares

इलाम । इलाम–१ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार महेश बस्नेत विजयी भएका छन् ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई हराउँदै एमाले जिल्ला कमिटी अध्यक्ष बस्नेत निर्वाचित भएका हुन् । बस्नेतले २५ हजार सात सय ५० मत प्राप्त गरेका छन् भने खनालले २३ हजार ८८ मत पाएका निर्वाचन अधिकृत राजकुमार दाहालले जानकारी दिए । उनले आधिकारिक घोषणा भने सोमबारमात्र गर्ने बताए ।

अधिकृत दाहाल भने, “हाल समानुपातिक तर्फको मतगणना भइरहेको छ । कतिपय मतदाताले प्रत्यक्षतर्फको मतपत्र समानुपातिकको ब्यालेट बक्समा खन्याएको पाइएकाले अन्तिम नतिजा भोलि मात्र सार्वजनिक गर्छौँ ।”

बस्नेत जनसांस्कृतिक मञ्च हुँदै एमाले राजनीतिमा आएका थिए । उनी इलाम नगरपालिकाको दुई कार्यकाल मेयर भइसकेका छन् । बस्नेत नेपाल नगरपालिका सङ्घको प्रदेश–१ संयोजकसमेत हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *