वीरगन्ज :

जो बढी भ्रष्टाचारमा लिप्त छ, उसैलाई ऊर्जामन्त्री बनाइयोः प्रचण्ड

श्रेणी : प्रदेश

5 months
Pradeep Sah
2.6kViews
1231 Shares

चितवन,०९ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकारको मन्त्री चयन प्रक्रियामाथि कडा टिप्पणी गरेका छन्। उनले भ्रष्टाचारमा लिप्त व्यक्तिलाई नै ऊर्जामन्त्री बनाइएको आरोप लगाएका छन्।

शनिबार चितवनमा आयोजित तराई–मधेस जागरण अभियान अन्तर्गतको कार्यक्रममा सम्बोधन गर्दै दाहालले भने, “अहिले त स्थिति यस्तो बनेको छ कि जो बढी भ्रष्टाचारमा लिप्त छ, उसैलाई ऊर्जामन्त्री दिइएको छ। राम्रो काम गर्नेहरूलाई भने उल्टै दण्डित गरिन्छ।”

उनले नेपालमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको प्रणाली आवश्यक रहेको धारणा राख्दै भने, “अब राष्ट्रपति प्रत्यक्ष निर्वाचित हुनुपर्छ। राष्ट्रपतिले योग्य विज्ञहरूलाई मन्त्री बनाउनुपर्छ। विश्वविद्यालयका अनुभवी शिक्षक, मजदुर आन्दोलनका नेताहरू सरकारमा आउनुपर्छ। तर अहिलेचाहिँ जो बढी भ्रष्टाचारी छ, उही मन्त्री बन्छ।”

उनको यो टिप्पणी ऊर्जामन्त्री दीपक खड्का र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच भइरहेको विवादसँग जोडिएको अनुमान गरिएको छ। ऊर्जामन्त्री खड्काले विद्युत क्षेत्रका केही ठूला निर्णयहरूमाथि प्रश्न उठाएपछि सरकारभित्रै असन्तुष्टि देखिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *