श्रेणी : राजनीति
6Views
0
Shares
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट पीडाबोध भएको बताएकी छन् ।
सामाजिक संजालमार्फत भण्डारीले जोशीको निधनबाट मुलुकले एक अथक् स्रष्टा एवं अभिभावक गुमाएको बताएकी हुन् ।
उनले भनेकी छन्,‘वाङ्मयम शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको पीडाबोध भएको छ । उहाँको सार्थक जीवन हामी सबैका लागि प्रेरणाको अजस्र स्रोत हो । अमर सत्यमोहनप्रति हार्दिक श्रद्धाञ्जली !’
जोशीको १०३ वर्षको उमेरमा आज बिहान निधन भएको हो । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारको क्रममा बिहान ७ बजेर ९ मिनेटमा जोशीको निधन भएको हो ।
प्रतिक्रिया