वीरगन्ज :

जोशीको निधनबाट अत्यन्त दुःखी छुः अध्यक्ष ओली

श्रेणी : राजनीति

3 years
birgunj report
8Views
0 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनले अत्यन्त दुःखी भएको बताएका छन् ।

आइतबार ट्वीट गर्दै अध्यक्ष ओलीले जोशीको निधनले बितेको शताब्दीसँग आजको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमेको बताएका हुन् ।

उनले भनेका छन्, ‘शताब्दी पुरुष श्रद्धेय सत्यमोहन जोशीको निधनले अत्यन्त दुःखी छु। उहाँको निधनले बितेको शताब्दीसँग आजको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमेको छ । अलविदा शताब्दी पुरुष ! हार्दिक श्रद्धासुमन!’

जोशीको १०३ वर्षको उमेरमा आज बिहान निधन भएको हो । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारको क्रममा बिहान ७ बजेर ९ मिनेटमा जोशीको निधन भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *