वीरगन्ज :

जेन जेड नेपालद्वारा राजनीतिक दलहरूलाई चेतावनी

श्रेणी : BANNER

2 days
Pradeep Sah
2.4kViews
1753 Shares

काठमाडौं, भदौ २५। हालै सम्पन्न दुई दिने प्रदर्शनपछि पुनः सक्रिय बन्दै गरेका राजनीतिक दल र तिनका छात्र संगठनलाई जेन जेड नेपालले कडा चेतावनी जारी गरेको छ।

जेन जेड नेपाल’ नामक युवाहरूको समूहले सोमबार एक विज्ञप्ति जारी गर्दै दशौँ वर्षदेखि दलहरूले जनतालाई धोका दिएको, विभाजित पारेको र मुलुकको भविष्य नष्ट पारेको आरोप लगाएको छ। उनीहरूले आन्दोलनलाई राजनीतिक स्वार्थका लागि हाइज्याक गर्न खोज्ने प्रयासलाई अस्वीकार गर्ने चेतावनी दिएका छन्।

विज्ञप्तिमा भनिएको छ, “यो आन्दोलन तपाईंहरूको होइन, यो जनताको हो, युवाले नेतृत्व गरेको आन्दोलन हो। यदि कसैले हस्तक्षेप, भ्रम फैलाउने वा हेरफेर गर्ने प्रयास गरे, हामीले भ्रष्टाचार र अधिनायकवादविरुद्ध देखाएको उही ऊर्जासाथ प्रतिरोध गर्नेछौं।”

जेन जेड नेपालले देशभरका युवाहरूलाई पुनः एकजुट भई असफल राजनीतिक प्रणालीविरुद्ध संघर्ष जारी राख्न आह्वान गरेको छ। उनीहरूले नयाँ नेपाल निर्माण गर्ने संकल्प व्यक्त गर्दै विज्ञप्तिको अन्त्यमा “Long Live Youth Revolution” भन्ने नारा दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *