वीरगन्ज :

जेन–जी आन्दोलनका मृतकको आफन्तले पोस्टमार्टम गर्न अस्वीकार

श्रेणी : BANNER

19 hours
Pradeep Sah
1.7kViews
1347 Shares

काठमाडौं,२७ भदौ । जेन्जी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएकाहरूको शव पोस्टमार्टम गर्न मृतकका आफन्तले अस्वीकार गरेका छन् ।

३६ जना मृतक मध्ये २० भन्दा बढीका आफन्तले शिक्षण अस्पतालमा राखिएको शव पोस्टमार्टम गर्न नदिने अडान लिएका हुन् । मृत्युको कारण प्रहरीको गोली हो भन्ने कुरा स्पष्ट भइसकेकोले पोस्टमार्टम गर्नुको कुनै औचित्य नरहेको उनीहरुको भनाई छ । मृतक रसिक खतिवडाकी आमा रचना खतिवडाले छोरालाई ताकेरै गोली हानेर मारेको भन्दै पोस्टमार्टम गरिएमा शव नबुझ्ने चेतावनी दिएकी छन् । यस्तै, सन्तोष विक र गौरव जोशीका आफन्तले पनि यही अडान दोहोर्याएका छन् । अस्पताल प्रशासनले भने आफन्तको सहमति बिना पोस्टमार्टम नगरिने जनाएको छ।

मुख्य मागहरूः

मृतकलाई शहीद घोषणा गरियोस् ।

राष्ट्रिय सम्मानका साथ उनीहरूको अन्त्येष्टि गरियोस्।

परिवारलाई उचित क्षतिपूर्ति दिइयोस्।

अन्तरिम सरकारको छलफलमा मृतकका आफन्तको प्रतिनिधित्व हुनुपर्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *