वीरगन्ज :

जेन–जी आन्दोलनका मृतकको पोस्टमार्टम सुरु, मृतकको अधिकांश ३० वर्ष मुनिका

श्रेणी : प्रदेश

19 hours
Pradeep Sah
3.0kViews
1530 Shares

काठमाडौं– जेन–जी आन्दोलनमा काठमाडौं उपत्यकामा ज्यान गुमाएकाहरुको शुक्रबारदेखि पोस्ट मार्टम सुरु भएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा ३६ वटा शव संकलन भएका फरेसिन्क विभाग प्रमुख डा. गोपाल चौधरीले जनाए ।

प्रहरीबाट पोर्ट मार्टम गुर्न भनि सिफारिस ल्याएकाहरुको प्रक्रिया थालिएको उनले जनाए । शव अस्पतालमा पुगे पनि घटना मुचुल्का नहुँदा पोस्टमार्टम रोकिएको थियो ।

प्रहरी परिसरहरुले पोस्टमार्टम गर्न मतृकका परिवारलाई सिफारिस दिएको र त्यसैको आधारमा काम अघि बढाइएको डा. चौधरीले बताए । ९ जनाको सिफारिस प्राप्त नभएको अस्पतालले जनाएको छ ।

उनकाअनुसार ३५ वटा शवको पहिचान भएको छ । ३६ मध्ये २ महिला र अरु पुरुषका शव हुन् । मृतकको अधिकांश ३० वर्ष मुनिका रहेको उनले बताए । पोस्टमार्टम सकेर शव परिवारको जिम्मा लगाउने शिक्षण अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *