
श्रेणी : BANNER
2.5kViews
1931
Shares
काठमाडौं, २७ भदौ । जारी जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या बढ्दै ५१ पुगेको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार मृतकमध्ये काठमाडौं उपत्यका र अन्य जिल्लाहरूका प्रदर्शनकारीसमेत परेका छन्।
प्रहरीका अनुसार मृत्यु हुनेमध्ये तीन जना प्रहरी र एक जना भारतीय महिला पनि छन्। पहिलो दिनको प्रदर्शनमै २१ जनाको ज्यान गएको थियो। त्यसपछि कैदी ९ जना, बाल सुधार गृहका ५ जना, साथै जलेको अवस्थामा भेटिएका अन्य व्यक्तिहरूको मृत्यु समेत पुष्टि गरिएको छ।
यो संख्याले आन्दोलनको तीव्रता र देशभर फैलिएको असरलाई देखाएको प्रहरीको भनाइ छ।


प्रतिक्रिया