वीरगन्ज :

जेनजी आन्दोलन प्रकरणमा काठमाडौँका पूर्व सीडीओ छवि रिजाल पक्राउ

श्रेणी : प्रदेश

11 hours
Pradeep Sah
3.0kViews
1499 Shares

काठमाडौं,१७ चैत । जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा संलग्नता आरोपमा काठमाडौँका पूर्व प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल लाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार उनलाई काठमाडौंको सुविधानगर क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। जेनजी आन्दोलनका क्रममा भएको घटनाबारे छानबिन गर्न गठन गरिएको उच्चस्तरीय जाँचबुझ आयोगले रिजाललाई दोषी ठहर गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो।

भदौ २३ र २४ गते काठमाडौँको बानेश्वर क्षेत्रमा भएको प्रदर्शनका क्रममा गोली चलाउँदा किशोरहरूको ज्यान गएको घटनामा रिजालमाथि आदेश दिएको आरोप लाग्दै आएको छ। सो समयमा उनी काठमाडौँका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा थिए।

तर, गौरीबहादुर कार्की नेतृत्वको आयोगसमक्ष दिएको बयानमा रिजालले आफूले घातक हतियार प्रयोग गर्न आदेश नदिएको दाबी गरेका छन्।

यस प्रकरणमा मन्त्रिपरिषद्ले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक समेत यसअघि नै पक्राउ परिसकेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *