वीरगन्ज :

जेनजी आन्दोलनपछि मधेस केन्द्रित दलहरूमा नयाँ पुस्तालाई मौका दिनुपर्ने बहस

श्रेणी : BANNER

3 hours
Pradeep Sah
1.9kViews
1813 Shares

जनकपुर,३० भदाै । जेनजी आन्दोलनले पुराना नेतामाथि प्रश्न उठाएपछि अब मधेस केन्द्रित दलमै नेतृत्व पुस्तान्तरणको बहस सुरु भएको छ। लामो समयदेखि एकै व्यक्तिको नेतृत्वमा रहेका दलहरूमा नयाँ पुस्तालाई मौका दिनुपर्ने आवाज चर्किएको छ।

जसपा नेपाल
अध्यक्ष उपेन्द्र यादव १८ वर्षदेखि पार्टी नेतृत्वमा छन्। फोरम नेपालदेखि जसपा नेपालसम्म पार्टी रुपान्तरण भए पनि अध्यक्ष यादव नै निरन्तर नेतृत्वमा रहे। महासचिव रामकुमार शर्मा र प्रवक्ता मनिष सुमनबीच मतभेद देखिएको छ। शर्मा पार्टी विधानमै उमेर हद र कार्यकाल सीमा तोक्नुपर्ने बताउँछन् भने सुमनले अहिले नेतृत्व परिवर्तनको समय नभएको दाबी गर्छन्।

लोसपा नेपाल
अध्यक्ष महन्थ ठाकुर पनि १८ वर्षदेखि पार्टी नेतृत्वमा छन्। ८३ वर्षीय ठाकुरले २०७१ पछि दोस्रो महाधिवेशन चैतमा गर्ने तयारी गरेका छन्। उपाध्यक्ष जितेन्द्र सोनल र महासचिव सुरेन्द्रकुमार झा दुवै नेतृत्व हस्तान्तरणको आवश्यकता देख्छन्।

राष्ट्रिय मुक्ति पार्टी नेपाल
अध्यक्ष राजेन्द्र महतो लामो समयदेखि नेतृत्वमा रहेका छन्। उपाध्यक्ष राजीव झाले अब पुराना नेताले स्वेच्छाले नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताउँछन्। तर महासचिव सन्तोष मेहताले महतोकै नेतृत्व आवश्यक रहेको दाबी गर्छन्।

जनमत पार्टी
डा. सीके राउतकै नेतृत्वमा रहेको यो नयाँ दलमा नेतृत्व परिवर्तनको माग छैन। तर नेतृत्व शैलीमा असन्तुष्टि जनाएका केही नेताहरू कारबाहीमा परेका छन्।

नागरिक उन्मुक्ति पार्टी
रेशम चौधरी र रञ्जिता श्रेष्ठबीचको विवादका कारण पार्टी विभाजन भएको छ। चौधरीले नयाँ पार्टी “नागरिक उन्मुक्ति पार्टी नेपाल” गठन गर्ने तयारी गरेका छन्।

नेपाल सद्भावना पार्टी
वरिष्ठ नेता अनिल झाले फेरि सद्भावना पार्टी पुनर्गठन गरी अध्यक्ष पद सम्हालेका छन्। यसअघि उनले विभिन्न एकताबाट बनेका दलहरूमा नेतृत्व सम्हाल्दै आएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *