श्रेणी : BANNER
      2.1kViews
      
      
      1782
      Shares
      
      
जनकपुर, २७ भदौ । जेनजी आन्दोलनकै क्रममा महोत्तरीको बर्दिबास नगरपालिका–५ टुटेश्वरस्थित टुटेश्वरनाथ साझेदारी वनमा १८३ वटा सालका रुख काटिएको छ।
उपभोक्ता समितिका अध्यक्ष विजय झाका अनुसार आन्दोलनकारी युवाहरूले पहिलो दिन कार्यालयमा आगजनी गर्ने प्रयास असफल भएपछि १८ वटा सालका रुख काटेका थिए। त्यसको भोलिपल्ट थप १६५ वटा रुख काटिएको हो।
प्रहरीले रुख काट्न संलग्न कृष्ण घलानसहित दुई युवालाई पक्राउ गरे पनि स्थानीयवासी सयौँको संख्यामा प्रहरीलाई घेराउ गरेपछि उनीहरूलाई छोडिएको बताइएको छ।
घटनाबारे अनुसन्धान भइरहेको र संलग्नलाई पक्राउ गरी कानूनी कारबाही गर्नुपर्ने माग स्थानीयस्तरमा उठिरहेको छ।
    
    
    
									
        
        
प्रतिक्रिया