
श्रेणी : समाचार
123Views
0
Shares
काठमाडौं । नेपाल प्रहरीले काठमाडौँका विभिन्न स्थानमा जुवातास तथा कौडा खेल्ने ६२ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले काठमाडौँका विभिन्न स्थानमा जुवातास खेलेको अभियोगमा नौ लाख १२ हजार ८० नगदसहित ६२ जनालाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेकामध्ये नौ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ । प्रहरीले जुवा खेल्नेबाट छ लाख २७ हजार दुई सय ७० नगद र १३ बुक तास तथा कौडा खेल्नेसँग दुई लाख ८४ हजार सात सय नगद र १६ थान कौडा बरामद गरेको हो । प्रहरीले तिहारको समयमा ठूलो हारजित हुने गरी जुवातास खेलेको थाहा पाएमा प्रहरीलाई खबर गर्नसमेत आग्रह गरेको छ ।

प्रतिक्रिया