वीरगन्ज :

जुनसुकै भ्रष्टाचारका फाइल खोल्न तयार छुः प्रधानमन्त्री

श्रेणी : BANNER

2 years
birgunj report
26Views
0 Shares

भरतपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो सरकार पाँचै वर्ष टिक्ने बताएका छन् । सोमबार बिहान प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्रीले सरकार पाँच वर्ष चल्नेमा शंका नगर्न आग्रह गरेका हुन् ।

उनले भने,’सरकार ढल्छ भन्ने कुरा भ्रम हो । तपाईं नोट गर्नुहोला, सरकार यताउति हुन्छ कि भन्ने निकै ठूलो भ्रम हो । यो सरकार पाँचै वर्ष चल्छ ।’

प्रधानमन्त्रीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा आउन आग्रह गर्दै सरकार जुनसुकै भ्रष्टाचारका फाइल खोल्न तयार रहेको बताए । उनले रास्वपा सरकारमा आए भ्रष्टाचारबाहेकका अन्य विषयहरु पनि नीति तथा कार्यक्रममा सामेल गराउन सकिने बताए । उनले रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता नलिनेसमेत बताए ।

प्रधानमन्त्रीले कोशी प्रदेशको नामकरणको विषयलाई लिएर त्यहाँ भइरहेको आन्दोलनमा सत्तारूढ दलको संलग्नता नरहेको स्पष्ट पारे । उनले भने, ‘केपी ओलीजी पुर्व जाँदा केही आक्रमणको प्रयास भएको बुझियो, त्यसलाई सरकारले गम्भिरतापुर्वक लिएको छ, त्यसमा कोशी प्रदेश नामाकरणसँग असहमति राख्नेहरु छन् । तर सत्तारूढ दलको संस्थागत विरोध भन्ने कुरा चाहिँ विल्कुलै होइन। त्यो झुठो कुरा हो । तर, एमाले अध्यक्ष ओलीले प्रदर्शनमा पूर्वराजपरिवारमामा आस्था राख्ने मानिसहरु रहेको गर्नुभएको छ । त्यो चाहिँ निकै संवेदनशील बिषय हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *