
श्रेणी : BANNER
10Views
0
Shares
काठमाडौं । नेपाली कांग्रेसका सांसद धनराज गुरुङले भ्रष्टाचारीलाई कारबाही गरेर आर्थिक सुशासन कायम गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकको शून्य समयमा सांसद गुरुङले जुनसुकै दलको जस्तोसुकै नेता भएपनि भ्रष्टाचारीमाथि कारबाही गर्न माग गरेका हुन् । उनले आर्थिक सुशासन कायम गर्न ठूलाठूला भ्रष्टाचार काण्डको छानविन हुनुपर्ने बताए ।
उनले भने,‘एकातिर मुलुक चरम आर्थिक संकटबाट गुज्रिरहेको छ भने अर्कोतर्फ मुलुक आर्थिक बेथितिबाट आक्रान्त छ। आर्थिक संकट मोचन गर्नका लागि ठूलाठूला भ्रष्टाचार काण्डको छानबिन हुनुपर्छ ।’

प्रतिक्रिया