वीरगन्ज :

जीप दुर्घटनामा शिक्षिकाको मृत्यु, दुई बालक घाइते

श्रेणी : प्रदेश

2 months
Pradeep Sah
1.5kViews
1623 Shares

काठमाडाैं,२६ माघ । रोल्पाको घर्तीगाउँबाट होलेरीतर्फ जाँदै गरेको जीप त्रिवेणी गाउँपालिका-७ नन्दीखोला नजिकै शुक्रबार बेलुकी दुर्घटना हुँदा एक शिक्षिकाको मृत्यु भएको छ।

प्रहरीका अनुसार लु १ च ९४०६ नम्बरको जीप दुर्घटनामा परी रोल्पाको गंगादेव गाउँपालिका-२ की सीता खड्काको ज्यान गएको हो। उनी रुन्टीगढी गाउँपालिका-९ स्थित जनकल्याण माविकी शिक्षिका थिइन्।

दुर्घटनामा परी दुई बालक घाइते भएका छन्। रोल्पाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी रोहित कुमार शाहीका अनुसार एक बालकको अवस्था गम्भीर रहेको छ। दुवै बालकलाई दाङमा थप उपचारका लागि पठाइएको छ।

प्रहरीका अनुसार घाइतेलाई सुरुमा रोल्पा अस्पतालमा उपचारका लागि पठाइएको थियो। घटनापछि जीप चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरी निरीक्षक शाहीले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *