वीरगन्ज :

जीतपुरसिमरा महोत्सव सुरु, मुख्यमन्त्री यादवले गरे उद्घाटन

श्रेणी : मधेस

1 year
Pradeep Sah
2.6kViews
1117 Shares

वीरगंज । बाराको जीतपुरसिमरा उमपहानगरपालिका वडा नम्बर ३ मा शुक्रबारदेखि जीतपुरसिमरा महोत्सव २०८० शुरु भएको छ । महोत्सवको एक कार्यक्रमकाबिच मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले उद्घाटन गरेका हुन् ।

महोत्सवको उद्घाटन गर्दै यादवले खस्किदै गरेको अर्थतन्त्रलाई महोत्सवले टेवा पुर्याउने बताए । मधेश प्रदेशलाई केन्द्र सरकारले बिभेद गर्दैै आएको भन्दै मुख्यमन्त्री यादवले प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए ।

उनले जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको अधुरो भवन निर्माण गर्न २५ लाख रुपैया सहयोग गर्ने समेत प्रतिवद्धता जनाए । कार्यक्रममा बोल्दै बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य कृष्ण कुमार श्रेष्ठ किशानले मधेशको विकासमा संघिय सरकारले विशेष भुमिका खेल्नुपर्ने बताए ।

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षतामा भएकाे कार्यक्रममा बारा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य ज्वाला कुमारी शाह, मधेश प्रदेशकी पर्यटन मन्त्री सुनिता कुमारी यादव, संविधान सभा सदस्यहरु शोभाकर पराजुली, जयराम दहाल, मधुशाही ठकुरी, बारा क्षेत्र नम्बर ४ क का प्रदेश सभा सदस्य देव नारायण चौधरी, उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानी, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *