श्रेणी : खेलकुद
वीरगंज । वीरगंजमा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा दोस्रो दिनको खेलमा सगरमाथा युवा क्लब बगही र शक्ति युवा क्लब परवानीपुरले बराबरी खेलेका छन ।पर्सा जिल्ला फुटबल संघको आयोजनामा आदर्शनगर खेल मैदानमा जारी खेलमा शक्ति युवा क्लब र सगरमाथा युवा क्लबले १-१ गोलको बराबरी खेलेका हुन । खेलको पहिलो हाफमा शक्ति युवा क्लबका विशाल ढुङेलले गोल गरेका थिए ।
खेलको सुरु मै पहिलो गोल गरेर अग्रता बनाएको शक्तिले पहिलो हाफको अन्तिममा गोल खान पुग्यो । त्यसपछि खेलको अन्तिम समय सम्ममा दुबै टिम आफ्नो स्कोर अगाडि बढाउन सकेनन् । आजको खेलको म्यान अफ दि म्याच सगरमाथा युवा क्लबका क्षितिज तामाङ भए ।
अगामी जेठ २६ गते सम्म चल्ने प्रतियोगितामा जिल्लाका १३ वटा क्लब सहभागी हुने आयोजक क्लबका महासचिव विनोद परीयारले जानकारी दिए । भोलिको खेल लालिगुरास युथ क्लब विर्ता र ग्यालेक्सी युवा क्लब पिपरा बीच हुने महासचिव परीयारले बताए । कालिका टाईम्स
प्रतिक्रिया