वीरगन्ज :

जिल्ला प्रशासन कार्यालय पर्सामा बैठककै क्रममा तनाव उत्पन्न

श्रेणी : BANNER

3 months
Pradeep Sah
3.0kViews
1959 Shares

बीरगन्ज, ३१ चैत । बीरगन्जस्थित जिल्ला प्रशासन कार्यालयमा तनाव उत्पन्न भएको छ। शनिवार हनुमान जयन्तीको अवसरमा वीरगञ्जमा आयोजित शोभा यात्राका क्रममा घटेको झडपसम्बन्धी मुद्दामा दोषीलाई प्रमाण र तथ्यका आधारमा कडा कारबाही गरिने जिल्ला प्रशासन कार्यालय पर्सामा आइतबार आयोजित सर्वपक्षीय बैठकमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले स्पष्ट पारेका छन्।

तर दुई समुदाय बीचको झडपपछि उत्पन्न विवादलाई समाधान गर्नका लागि बैठक चलिरहेको समयमा अचानक तनावको अवस्था र्सिजना भएको हो ।

सोमवार बिहान दुई चरणको छलफल सकेर तेस्रो चरणको वार्ता चलिरहेका बेला कार्यालय भित्र अप्रत्याशित तनाव सिर्जना भएको थियो। यस घटनाले स्थानिय प्रशासन र राजनीतिक दलहरूमा चिन्ता निम्त्याएको छ ।

आइतबारको बैठकमा पर्सामा क्रियाशील राजनीतिक दलहरूले सामाजिक सद्भाव कायम राख्ने सहमति जनाएका थिए । यस बैठकमा दलहरूले कुनै पनि धार्मिक, सामुदायिक याली, बन्द र अन्य गतिविधिहरू नगर्ने प्रतिबद्धता जनाएका थिए।

जिल्ला प्रशासन कार्यालयमा अहिले पनि छलफल जारी रहेको र समाधानका लागि प्रयास भइरहेको जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *