वीरगन्ज :

जिल्ला प्रशासनको हस्तक्षेपपछि मिटरब्याजी पीडितकाे जग्गा फिर्ता

श्रेणी : BANNER

8 months
Pradeep Sah
2.7kViews
1270 Shares

वीरगन्ज,२२ फाल्गुन । मिटरब्याजीको नाममा रोक्का गरिएको जग्गा अन्ततः पीडित पक्षको नाममा फिर्ता भएको छ।

रिता देवी कुमारीले राजालाल पण्डितविरुद्ध जिल्ला प्रशासन कार्यालय, पर्सामा मिटरब्याजीको उजुरी दर्ता गरेपछि कानुनी प्रक्रिया अघि बढेको थियो।

२०७५ सालमा १० लाख रुपैयाँ ऋण लिएकी रिता देवीले २०७७ सालसम्ममा १२ लाख रुपैयाँ भुक्तानी गरिसकेकी थिइन्, तर पनि जग्गा फुकुवा भएको थिएन। उक्त जग्गा अझै ऋणदाता राजालाल पण्डितकै नाममा थियो।

पीडितको उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालय, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी निशान राज गौतमले सो प्रकरणमा तोक लगाउँदै प्रशासन शाखाका गौरीशंकरलाई पीडितको पक्षमा फैसला गर्ने आदेश दिएका थिए।

गौरीशंकरले आफ्नो कार्यकक्षमा दुवै पक्षलाई छलफल गराउँदै डेढ लाख रुपैयाँ भुक्तानी गर्ने सहमतिमा समझदारी गराएका थिए।

सम्झौतापछि आज मालपोत कार्यालयबाट जग्गा फुकुवा गराएर पीडित पक्षको नाममा ल्याइयो । लालपुर्जा हस्तान्तरण कार्यक्रम पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालको रोबरमा सम्पन्न भएको थियो ।

पीडित पक्षले आफ्नो जग्गा फिर्ता पाएपछि जिल्ला प्रशासन कार्यालयलाई धन्यवाद दिँदै खुसीसाथ घर फर्किएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *