वीरगन्ज :

जिल्लाभित्र कारोबार गर्ने सहकारीमा १० लाख बढी राख्न नपाइने

श्रेणी : प्रदेश

12 hours
Pradeep Sah
2.8kViews
1350 Shares

काठमाडौं,११ पुस । एउटा जिल्ला भित्र कारोबार गर्ने सहकारीमा अबदेखि १० लाख भन्दा धेरै रकम बचत गर्न नपाइने भएको छ ।

मन्त्रिपरिषद्‌ले पारित गरेको अध्यादेशमा एउटै जिल्लाभित्र मात्र कारोबार गर्ने सहकारीमा १० लदा बढी रकम बचत गर्न नपाइने प्रावधान राखिएको हो। तर, अध्यादेश राष्ट्रपतिबाट प्रमाणिकरण हुन बाँकी छ ।

अध्यादेशमार्फत सरकारले एक जिल्ला भन्दा बढी कार्यक्षेत्र रहेको सहकारीमा २५ लाखसम्म बचत राख्न पाइने व्यवस्था गरेको छ । त्यस्तै, एक प्रदेशभन्दा धेरै प्रदेशमा कार्यक्षेत्र रहेको सहकारीमा भने ५० लाख रुपैयाँसम्म बचत राख सकिने व्यवस्था गरिएको छ।

जिल्ला भित्र कारोबार गर्ने सहकारीमा अबदेखि १० लाख भन्दा धेरै रकम बचत गर्न नपाइने भएको छ। त्यस्तै, अध्यादेशले सहकारी संस्थामा १० लाख रुपैयाँ भन्दा धेरै बचत गर्दा रकमको स्रोत अनिवार्य खुलाउनुपर्ने व्यवस्था गरेको छ। यदि स्रोत खुलाइएको छैन भने उक्त रकम सहकारीमा राख्न पाइने छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *