
श्रेणी : BANNER

वीरगंज
जिराभवानी गाउँपालिकाका बैशाख महिना देखि प्रमुख प्रशासकीय अधिकृत जयचन्द्र साह कार्यालयमा नआउँदा कामकाज ठप्प तथा सेवाग्राही लाइ समस्या भएको जिराभवानी गाउँपालिकाका मेयर अनोज चौधरीले बताएका छन्।
प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा नआउँदा सम्पूर्ण आर्थिक कारोबारका कामकाज ठप्प भएको जिराभवनी गाउँपालिकाका मेयर अनोज चौधरीले प्रहार डेली डटकम सँग बताए।
संघीय सरकारले कार्यालय प्रमुखलाई कार्यलयको कामकाज गर्न पठाउन्छ तर प्रशासकीय अधिकृतले मनलाग्दी हिसाबले हप्तामा ४ (चार )दिन बिदामा बस्ने गरि घर जाने र फोन गर्दा फोन स्विच अफ बताउँछ तथा बाकि ३ (तिन) दिन वीरगंज मै बस्छ तर सेवाग्राहीहरु ले फोन गर्दा फोन नै नउठाउने फोन स्विच अफ गर्ने गर्दछ।
साथै गा.पा.मेयर अनुज चौधरीले भने म पनि प्रमुख प्रशासकीय अधिकृतलाई फोन गर्दा कहिले स्विच अफ बताउँछ कहिले फोन लाग्दा फोन उठाउँछ भने कार्यलयमा आउनु सर कार्यालयको कामकाज धेरै बाकि छ त्यो काम गर्नु पर्यो,ठेकदारले काम गरेको फाइललाई आगाडी बढाउनु पर्यो भन्दा खेरि प्रमुख प्रशासकीय अधिकृत जयचन्द्र साहले मलाइ नै उल्टैमा ढाटेर भन्छ कि गाउँपालिकामा कुनै कामै छैन के गर्न आउ भनि जवाफ फर्काउन्छ साथै गा.पा.मेयर अनोज चौधरीले अधिकृत लाइ फोन गर्दा गर्दै रिक्वेस्ट गर्दागर्दै सर वीरगंज मै फाइल पठाइराछु त्यहि काम गर्दिनु भन्दा खेरि अधिकृतले भन्छ कि पठाउनु सर म काम गर्दिन्छु भन्छ तर फाइल वीरगंज पठाउँदा वीरगंज पुगि अधिकृतलाई फोन गर्दा फोन उठाउँछ तर भन्छ म बाहिर छु समय छैन भनि ढाटि फोन काटेर सेवाहरू लाइ फिर्ता पठाइदिन्छ अनि सेवाग्राहीहरु ले म निर आएर रिसाउन्छ र अनि सेवाहरू लाइ सम्झाइ बुझाइ पठाउँछु सेवाग्राहीहरु बाट किन मुख लाग्ने आफै सेवाग्राहीहरु को गुनासो सुनी चुपलागेर बस्ने गरेको गा.पा.मेयर अनोज चौधरीले प्रहार डेली डटकम लाइ फोन गरी समस्या भएको बताउँछन्।
गाउँपालिकाका उप-मेयर रेखा चौधरीले पनि प्रमुख प्रशासकीय अधिकृत जयचन्द्र साह लाइ गा.पा.को कामकाजको बारेमा फोन गर्दा गा.पा.मा कुनै कामै छैन के गर्न आउ भनि ढाटेर भन्छ। गाउँपालिका उप-मेयरको पनि कुरा मनदैन्न।
‘गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नआउँदा अत्यावश्यक काम समेत रोकिएका छन्’ उनले भने, ‘संघीय सरकारले प्रमुख प्रशासकीय अधिकृत जयचन्द्र साहलाई सुरवा गरी अर्को प्रमुख प्रशासकीय अधिकृत पठाउन पहल गर्न लागि परेको गा.पा.मेयर चौधरीले बताए।
प्रमुख प्रशासकीय अधिकृत नआउँदा ठेकदारले गरेको कामको बजेट निकासा रुकेको असाढ मसान्तसम्म विकासको कार्य नगरे गा.पा.को बजेट फ्रिज जाने तथा सेवाग्राहीहरु को काम समेत रुकेको गा.पा.मेयर चौधरीले भने।
यस्तै, प्रमुख प्रशासकीय अधिकृत नआउँदा चालु आर्थिक वर्षमा गाउँपालिकाले सञ्चालन गर्ने योजनाहरु अहिलेसम्म सञ्चालन हुन सकेका छैनन्। हालसम्म पनि योजना कार्यान्वयनमा नआउँदा अब हुने विकास निर्माणका काम गुणस्तर नहुने स्थानीयहरु बताउँछन्। उनले भने, ‘असारमा हतार हतारमा निर्माण गरिने योजना दिगो बन्दैन।’

प्रतिक्रिया