
श्रेणी : अन्तर्राष्ट्रिय
सेंढवा,०९ बैशाख । सशस्त्र प्रहरीले आज जिराभवानी गाउँपालिकाबाट ठूलो परिमाणको प्रतिबन्धित भारतीय कुखुरा बरामद गरेको छ । आज बिहान ९ बजेको समयमा सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट महादेवपट्टीबाट सशस्त्र प्रहरी निरीक्षक नरेन्द्र सिंह बिष्टको नेतृत्वमा गएको टोलीले जिराभवानी गाउँपालिका वडा नम्बर–१ को दशगजा क्षेत्रबाट १६ वटा प्रतिबन्धित भारतीय कुखुरा ८० किलो बरामद गरेको हो ।
बरामद गरिएको कुखुरालाई जिराभवानी वडा नम्बर–१ अध्यक्ष रामशरण खवास थारु, पर्सा ग्रामीण कुखुरा व्यावसायी संघका सदस्य जितेन्द्र यादव स्थानीय भद्रभलादमी स्थानीय सन्चारकर्मी, पशुक्वारेन्टाइनका प्रतिनिधिको रोहबरमा नष्ट गरिएको सशस्त्र प्रहरी बल १३ नम्बर गण हेड क्वाटर पर्साका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र बहादुर सिंहले जानकारी दिए ।
सशस्त्र प्रहरीको गस्ती टोलीलाई देख्नासाथ कुखुरा व्यापारीले कुखुरा फालेर भागेकोले मोटरसाईकल पक्राउ गर्न नसकिएको सशस्त्र प्रहरीले दावी गरेको छ ।

प्रतिक्रिया