वीरगन्ज :

जिप दुर्घटनामा टेलिकम प्रमुखसहित तीन जनाको मृत्यु

श्रेणी : प्रदेश – १

2 months
Pradeep Sah
2.0kViews
1422 Shares

बाजुरा,१३ जेठ । जगन्नाथ गाउँपालिकामा आज (मंगलबार) जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा नेपाल टेलिकम बाजुराका कार्यालय प्रमुखसहित अन्य दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मृत्यु हुनेहरूमा धनगढी उपमहानगरपालिकाका ५५ वर्षीय लोकबहादुर खड्का (नेपाल टेलिकम बाजुराका कार्यालय प्रमुख), ४० वर्षीय जिप चालक करन महतरा र बडीमालिका नगरपालिका–७ निवासी २८ वर्षीय रवीन्द्र धामी रहेका छन्।

दुर्घटनामा परेर अन्य दुई जना घाइते भएका छन्। उनीहरूको आधारभूत अस्पताल कोल्टीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। नेपाल टेलिकमको टावरमा सोलार प्यानल जडान गर्न पिलुचौरबाट गएको जिप दुर्घटनाग्रस्त भएको हो। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *