
श्रेणी : प्रदेश
2.6kViews
1950
Shares
अमरगढी,१८ चैत । डडेल्धुराको अमरगढी नगरपालिका–८ डकलेमा जिपबाट खसेर एक महिलाको मृत्यु भएको छ। मृतक २६ वर्षीया निर्मला भूल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार, आइतबार दिउँसो जिल्ला सदरमुकामबाट बैतडीतर्फ जाँदै गरेको से १ ज ७३९ नम्बरको जिपबाट ओर्लिने क्रममा भूल खसेर गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि डडेल्धुरा अस्पताल पुर्याइएको थियो, तर उपचारकै क्रममा निधन भएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी उपेन्द्रबहादुर बमले बताए।
घटनापछि जिपका चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय प्रमुख सुगन्ध श्रेष्ठले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया