वीरगन्ज :

जिताएर पठाउनुस्, गोविन्द भट्टराईलाई मन्त्री बनाउँछु: प्रधानमन्त्री

श्रेणी : राजनीति

2 years
birgunj report
13Views
0 Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तनहुँ–१ बाट निर्वाचित भएपछि गोविन्द भट्टराईलाई मन्त्री बनाउने बताएका छन् । बुधबार तनहुँको डुम्रेमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यसअघि रामचन्द्र पौडेललाई भोट माग्दा प्रधानमन्त्री बनाउने घोषणा गरेको, तर पौडेल प्रधानमन्त्रीभन्दा पनि ठूलो पदमा पुगेको बताए । उनले गोविन्दलाई मत दिन अलमलिनु नपर्ने बताए ।

उनले भने, ‘यो गठबन्धनको सरकार पाँचवर्ष जान्छ । त्यसैले तपाईंहरू अलमलिनुपर्ने अवस्था छैन, गोविन्द भट्टराईलाई जिताएर पठाउनुस्, तपाईंहरूको भावनालाई, मागलाई सम्बोधन गर्न उहाँलाई मन्त्री बनाउँछौँ ।’

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेलाई खहरे खोलाको संज्ञा दिए । उनले भने,‘कहिलेकाहीँ खहरे खोला डरलाग्दो गरी आउँछ त्यो खहरे छिनभरमै सुक्छ । नदी गम्भीर ढङ्गले आफ्नै गतिमा महासागरतिर लम्किरहन्छ । यो कुरा नर्बिसौं ।’ उनले अहिलेको गठबन्धनले शान्ति प्रक्रिया टुङ्गोमा पुर्याएर विकास र समृद्धिमा लागिने समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *